logo

२०८३ आश्विन ३ शनिबार

logo
  • २०८३ आश्विन ३ शनिबार
  • सत्तारुढ एमाले र कांग्रेसबीच कुनै समस्या छैनः गृहमन्त्री लेखक

    1.2KShares
    सत्तारुढ एमाले र कांग्रेसबीच कुनै समस्या छैनः गृहमन्त्री लेखक

    काठमाडौं ।  गृहमन्त्री रमेश लेखकले सत्तारुढ दुई दल नेकपा एमाले र नेपाली कांग्रेसबीच कुनै समस्या नरहेको बताएका छन्। बुधबार साँझ बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकपछि गृहमन्त्री लेखकले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सत्तारुढ दलबीच समस्या नरहेको स्पष्ट पारेका हुन्।

    ‘हाम्रा बीचमा कुनै समस्या छैन’ उनले भने, ‘सरकार र दुई दलमा समस्या भयो कि भन्ने जुन आइरहेको छ। यस्तो कुनै समस्या छैन।’ सरकारको कार्यशैलीलाई लिएर नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले असन्तुष्टि जनाइरहेको सन्दर्भमा सञ्चारकर्मीले सोधेको प्रश्नमा गृहमन्त्री लेखकले सरकार राम्रोसँग अघि बढेको प्रतिक्रिया दिए। ‘मलाई लाग्छ यो सरकारले राम्रैसँग अगाडि बढिराख्याछ’ उनले भने, ‘नेताहरूले आ–आफ्नो उसमा बोल्नुहुन्छ, त्यसमा मेरो कुनै टिप्पणी छैन।’



    फास्ट न्युज    
  • २०८२ बैशाख ३, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट