logo

२०८३ बैशाख ८ मंगलवार

logo
  • २०८३ बैशाख ८ मंगलवार
  • भृकुटीमण्डपको भाडा नतिर्ने ५१ संस्था र व्यक्तिको नाम सार्वजनिक (सूचीसहित)

    1KShares
    भृकुटीमण्डपको भाडा नतिर्ने ५१ संस्था र व्यक्तिको नाम सार्वजनिक (सूचीसहित)

    काठमाडौं । समाज कल्याण परिषद्को स्वामित्व रहेको काठमाडौंको भृकुटीमण्डपस्थित भवन र जग्गा भोगचलन गरेबापत भाडा नतिर्नेहरु ५१ संस्था र व्यक्ति नाम सार्वजनिक भएको छ ।

    समाज कल्याण परिषद्ले २०८१ चैत २१ गते दैनिक पत्रिकामा ३५ दिने सूचना जारी गर्दै ५१ संस्थाको सूची सार्वजनिक गरेको हो । सूचीमा नेपाल पर्यटन बोर्डदेखि चर्चित पत्रकार ऋषि धमलाको रिपोर्टर्स क्लबसम्म छन् । बोर्डको १ करोड ६७ लाख बढी बक्यौता छ । क्लबको मात्रै ४६ लाख ५८ हजार ६४९ रूपैयाँ बक्यौता तिर्न बाँकी देखिन्छ ।

    परिषद्को भृकुटीमण्डप व्यवस्थापन विभागले ५१ संस्था/व्यक्ति/व्यवसायीहरुको सूचीमा नेपाल पत्रकार महासंघ काठमाडौं शाखादेखि काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालयको नामसमेत छ । पटकपटक पत्राचार र सूचना प्रकाशित गरी भाडा तिर्न निर्देशन दिए पनि बेवास्ता गरेको विभागले जनाएको छ । तोकिएको समयभित्र भाडा नबुझाएको खण्डमा कानूनबमोजिम असुलउपर गरिने विभागले चेतावनी दिएको छ ।



    फास्ट न्युज    
  • २०८१ चैत्र २३, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट