logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • ‘व्यवस्था उल्ट्याउने गतिविधि सरकारलाई स्वीकार्य छैन’

    964Shares
    ‘व्यवस्था उल्ट्याउने गतिविधि सरकारलाई स्वीकार्य छैन’

    काठमाण्डाै । गृहमन्त्री रमेश लेखकले व्यवस्था उल्ट्याउने गतिविधि सरकारलाई स्वीकार्य नरहेको बताउनुभएको छ । गएको चैत १५ गते काठमाण्डौको तीनकुनेमा भएको प्रदर्शन वर्तमान संविधान उल्ट्याउने र राज्य व्यवस्थालाई समाप्त गर्ने उद्देश्यबाट प्रेरित भएको उहाँको टिप्पणी छ ।

    संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा आज तीनकुने घटनाबारे जवाफ दिँदै गृहमन्त्री लेखकले प्रदर्शन शान्तिपूर्ण धारणा राख्ने, सरकारलाई खबरदारी गर्ने र आलोचना गर्ने उद्देश्यले नगरिएको आगजनी र तोडफोडजस्ता अराजक गतिविधिबाट प्रस्ट भएको उल्लेख गर्नुभयो । अराजक गतिविधिलाई सरकारले हेरेर नबस्ने र स्वीकार पनि नगर्ने गृहमन्त्री लेखकको भनाइ छ ।

    तीनकुने घटनाबारे अनुसन्धान गर्नका लागि छानबिन आयोग गठन गर्न प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले माग गरेको छ । समितिको आजको बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे र सांसद दुर्गा राईले छानबिन आयोग गठनको माग गर्नुभयो ।



    फास्ट न्युज    
  • २०८१ चैत्र २२, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट