logo

२०८३ बैशाख ८ मंगलवार

logo
  • २०८३ बैशाख ८ मंगलवार
  • सुशासनसहित आज तीनवटा समितिको बैठक बस्दै

    940Shares
    सुशासनसहित आज तीनवटा समितिको बैठक बस्दै

    काठमाडौं । संघीय संसद अन्तर्गत विभिन्न तीनवटा समितिको बैठक बस्दैछ । आज अर्थ समिति, राज्य व्यवस्था तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो । अर्थ समितिको बैठक बिहान ११ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्नेछ । बैठकमा आगामी आर्थिक वर्षको बजेट सम्बन्धमा अर्थ मन्त्रालयसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

    यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा काठमाडौंको तीनकुनेमा यही चैत १५ गते भएको घटनाका सम्बन्धमा गृहमन्त्रालयसँग छलफल हुनेछ । विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा दफावार छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।



    फास्ट न्युज    
  • २०८१ चैत्र २२, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट