काठमाडौं । काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको छ । हिजो राजावादीहरुले गरेको प्रदर्शनमा तीनकुने क्षेत्रमा फोहोर गरेको भन्दै महानगरले पूर्वराजालाई जरिवानासहितको पत्रहरु काटेको हो ।
शुक्रबार राजावादीहरुले तीनकुनेमा प्रदर्शन गर्दा तोडफोड र लुटपाट गरेको सबै मूल्यांकन गरेर विभिन्न शीर्षकमा महानगरले जरिवाना तोकेको छ । राजावादीहरुको हिजो काठमाडौंमा भएको प्रदर्शन पूर्वराजा शाहकै निेर्देशनमा भएको भन्दै महानगरले निर्मल निवासलाई नै पत्र काटेको हो । महानगरले हिजो नै काठमाडौंमा कार्यक्रम गरेको समाजवादी मोर्चालाई भने कुनै जरिवाना गरेन ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया