logo

२०८३ बैशाख ८ मंगलवार

logo
  • २०८३ बैशाख ८ मंगलवार
  • वार्ता समिति बन्याे, पूरा होलान् त शिक्षकका मागहरू ?

    934Shares
    वार्ता समिति बन्याे, पूरा होलान् त शिक्षकका मागहरू ?

    काठमाडौं । काठमाडौंमा आन्दोलनरत नेपाल शिक्षक महासंघले सरकारसँग वार्ता गर्न चार सदस्यीय टोली बनाएको छ । महासंघको सहअध्यक्ष नानुमाया पराजुलीको नेतृत्वमा वार्ता टोली बनाएको हो ।

    आज शिक्षा सचीवले शिक्षा विधेयकमा छलफल गर्न महासंघको टोली आउनू भनेर पत्र पठाए पनि वार्त टोली नबनेको कारणले वार्ता हुन सकेको थिएन । त्यस्तै सरकारसँगको वार्ता भोली बिहीबारका लागि तय भए पनि समय भने निश्चित भएको छैन् ।

    सरकारले महासंघलाई यसअघ तीन पटक वार्तामा बोलाईसकेको भएपनि वार्ता हुन सकेको छैन् । अहिलेको अवस्थामा संसद्‍को बर्खे अधिवेशन तत्कालै सुरु गर्ने, विशेष अधिवेसन आह्वान गर्ने वा अध्यादेशमध्ये एउटा विकल्पबाट ऐन जारी गर्ने सुनिश्चित भए मात्र वार्तामा बस्ने जवाफ महासंघले सरकारलाई पठाएको थियो । शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले २० चैतदेखि काठमाडौंमा आन्दोलन गर्दै आइरहेका छन् ।



    फास्ट न्युज    
  • २०८१ चैत्र २८, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट