logo

२०८३ बैशाख २२ मंगलवार

logo
  • २०८३ बैशाख २२ मंगलवार
  • रोशी खोलामा फसेकाहरूको सशस्त्र प्रहरीद्वारा उद्धार

    730Shares
    रोशी खोलामा फसेकाहरूको सशस्त्र प्रहरीद्वारा उद्धार

    धुलिखेल, काभ्रे — काभ्रेको रोशी खोलामा आएको बाढीका कारण फसेका सवारीसाधन र यात्रुहरूको सकुशल उद्धार गरिएको छ।

    सोमबार परेको अविरल वर्षापछि नमोबुद्ध नगरपालिका–६, चौकीडाँडा र रोशी गाउँपालिका–७, चारसयबेसी क्षेत्रको रोशी खोलामा पानीको सतह अचानक बढ्दा चार वटा हाइस गाडी खोलामै फसेका थिए। ती सवारीमा रहेका यात्रुहरूलाई सशस्त्र प्रहरीको टोलीले सुरक्षित रूपमा उद्धार गरेको हो।

    उद्धारका लागि नं. १५ गण काभ्रे र मनसुन प्रतिकार्य बेस भकुण्डेबाट खटिएको सशस्त्र प्रहरी टोलीले तत्कालै घटनास्थलमा पुगेर उद्धार कार्य सम्पन्न गरेको जनाएको छ।

    यसैबीच, सम्भावित जोखिमलाई ध्यानमा राख्दै बीपी राजमार्ग अन्तर्गत रोशी गाउँपालिका–७, लासटोल क्षेत्रमा काठमाडौंतर्फ आउँदै गरेका करिब १६० सवारीसाधनलाई रोकिएको सशस्त्र प्रहरीका डीएसपी तथा सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिएका छन्।



    फास्ट न्युज    
  • २०८३ बैशाख २२, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट