logo

२०८३ बैशाख २३ बुधबार

logo
  • २०८३ बैशाख २३ बुधबार
  • काठमाण्डौमा फेरि वायु प्रदूषण बढ्यो

    910Shares
    काठमाण्डौमा फेरि वायु प्रदूषण बढ्यो

    काठमाण्डौ । आज देशका धेरै ठाउँको मौसम मुख्यतया सफा रहेको छ । मधेश प्रदेशसहित सबै प्रदेशको तराई क्षेत्रको मौसम मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज देशैभरको हिमाली र पहाडी क्षेत्रमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

    कोशी र गण्डकी प्रदेशको हिमाली र पहाडी भेगमा भने मेघगर्जन र चट्याङसहितको हल्का वर्षा र हिमपात हुन सक्ने अनुमान छ । देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव कायमै रहेको महाशाखाको भनाइ छ । प्रिमनसुन भएकाले बेलुकीपख काठमाण्डौ उपत्यकासहित तराईका केही ठाउँमा सामान्य हावाहुरी चल्न सक्ने अनुमान छ ।

    यसैबीच हिउँददेखि नै पर्याप्त पानी नपर्दा काठमाण्डौमा वायु प्रदूषण बढेको छ । काठमाण्डौको वायु प्रदूषणको स्तर अस्वस्थकर अवस्थामा पुगेको छ । विश्वभरको वायु प्रदूषणको अवस्था मापन गर्ने आईक्यू एअर इन्डेक्सकाअनुसार आज बिहान साढे सात बजेसम्म काठमाण्डौको एअर क्वालिटी इन्डेक्स (एक्यूआई) २०६ रहेकाे छ । आईक्यू एअरकाअनुसार काठमाण्डौ विश्वकै प्रदूषित शहरमध्ये दोस्रोमा छ । इजिप्टको काइरो पहिलो स्थानमा छ । काइरोको एक्युआई २३० रहेकाे छ ।



    फास्ट न्युज    
  • २०८१ चैत्र १५, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट