logo

२०८३ जेष्ठ २५ सोमबार

logo
  • २०८३ जेष्ठ २५ सोमबार
  • काठमाडौंको बागबजारस्थित पद्मकन्या क्याम्पसमा स्ववियु निर्वाचन जारी

    979Shares
    काठमाडौंको बागबजारस्थित पद्मकन्या क्याम्पसमा स्ववियु निर्वाचन जारी

    काठमाडौं।  काठमाडौंको बागबजारस्थित पद्मकन्या क्याम्पसमा आज स्ववियु निर्वाचन भइरहेको छ । चैत ५ गतेका लागि तय भएको निर्वाचन विवादका कारण स्थगित भएपछि आज मतदान भएको हो । अहिले शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । निर्वाचन कमिटीले भोट हालेको विधार्थीको कार्ड भोलि दिने गरि राखेको छ । मतदानस्थलमा पत्रकारलाई समेत प्रवेश निषेध गरिको छ ।

    पद्मकन्या क्याम्पसमा नेविसंघबाट पूर्णिमाया परियार सभापतिको उम्मेदवार छिन् । यहाँ एमाले र मओवादी निकट विद्यार्थी संगठनहरु अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले गठबन्धन गरेका छन् ।

    सभापतिमा अनेरास्ववियुबाट सुनिता घिमिरेको उम्मेदवारी छ । दुई संगठनको भागबण्डाअनुसार अनेरास्ववियु क्रान्तिकारीलाई सचिव पद दिइएको छ । उक्त पदमा सदीक्षा पोखरेल उम्मेदवार छिन् ।



    फास्ट न्युज    
  • २०८१ चैत्र ७, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट