logo

२०८३ असार ८ सोमबार

logo
  • २०८३ असार ८ सोमबार
  • नेपाल बारको निर्वाचन कार्यतालिका सार्वजनिक, अध्यक्षका उम्मेद्वारले ६० हजार बुझाउनु पर्ने

    991Shares
    नेपाल बारको निर्वाचन कार्यतालिका सार्वजनिक, अध्यक्षका उम्मेद्वारले ६० हजार बुझाउनु पर्ने

    काठमाडौं।  कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वका लागि हुने निर्वाचनको तालिका सार्वजनिक भएको छ। आगामी चैत २३ गते शनिबार बारको २७औं केन्द्रीय कार्यसमिति चयनका लागि निर्वाचन हुँदैछ।

    नेपाल बारमा अध्यक्ष, उपाध्यक्ष आठ, महासचिव, कोषाध्यक्ष, १४ सदस्य पदमा निर्वाचन हुनेछ। तालिकाअनुसार मतदाता नामावली फागुन १५ गते बिहीबार ११ बजे सार्वजनिक हुनेछ। मतदाता नामावलीमा दाबी विरोध फागुन १८ गते आइतबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मका लागि गर्न पाइनेछ।

    दाबी विरोधमाथि जाँबुझ गर्न फागुन २० गते मंगलबार ११ बजेको समय तोकिएको छ। मतदाताको अन्तिम नामावली फागुन २० गते मंगलबार नै अपराह्न ४ बजे प्रकाशित हुनेछ। उम्मेदवारीको दरखास्तका लागि फागुन २२ गते बिहीबार बिहान ११ बजेदेखि साँझ ३ बजेसम्मको समय तोकिएको छ।

    नेपाल बारको अध्यक्ष पदमा उम्मेदवारी दिने व्यक्तिले ६० हजार रुपैयाँ बुझाउनु पर्नेछ। त्यस्तै उपाध्यक्ष पदका उम्मेदवारले ४० हजार, कोषाध्यक्षले ४० हजार, सदस्यहरूले ३० हजार रुपैयाँ उम्मेदवारी शुल्क बुझाउनुपर्नेछ।

    निर्वाचन समितिका अनुसार उम्मेदवारले आफ्नो मनोनयन पत्रका साथ नेपाल कानुन व्यवसायी परिषद् र सम्बन्धित बार एकाइको परिचयपत्रको प्रमाणपत्रको प्रतिलिपि अनिवार्य पेस गर्नुपर्नेछ। दलित, मधेशी, मुस्लिम, आदीवासी/जनजाती उम्मेदवारले दरखास्त दाखिला गर्दा उक्त क्षेत्रलाई एकिन गर्ने प्रमाण पेस गर्न आग्रह गरिएको छ। निर्वाचन समितिका अनुसार उम्मेदवारको पहिलो नामावली फागुन २२ गते बिहीबार प्रकाशित हुनेछ।



    फास्ट न्युज    
  • २०८१ चैत्र ६, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट