logo

२०८३ बैशाख १९ शनिबार

logo
  • २०८३ बैशाख १९ शनिबार
  • शंकरदेव क्याम्पसमा तालाबन्दी गरिएपछि स्ववियु चुनाव अनिश्चित

    997Shares
    शंकरदेव क्याम्पसमा तालाबन्दी गरिएपछि स्ववियु चुनाव अनिश्चित

    काठमाडौं । आसन्न चैत्र ५ गते हुने स्ववियु निर्वाचनको विषयमा शंकरदेव क्याम्पसमा स्ववियु सभापतिले स्ववियुको कोष दुरुपयोग गरि भर्ना गरेको विषय निकालेर तालाबन्दी गरिएको छ । स्ववियुले गरिब, पिछडिएका, अपाङ्ग तथा जेहनदार विद्यार्थीको नाममा रहेको कोषबाट स्ववियु सभापतिले चार सयभन्दा बढि विद्यार्थीको भर्ना गरिएको विषय उठेपछि एमाले निकट अनेरास्ववियुले तालाबन्दी गरेको हो ।

    ‘स्ववियु सभापति नै फर्जी भर्ना गर्ने जस्तो गलत काममा लागेपछि हामिले छानबिनको माग गरेका हौ, फर्जी विद्यार्थीको भर्ना खारेज गरिनुपर्छ, अन्यथा निर्वाचन हुने वातावरण बन्दैन’ , शंकरदेव क्याम्स अनेरास्ववियु निकट एकजना नेताले बताए ।स्ववियु सभापति शुसान्त बस्नेतले भने ‘अन्य संगठनले उठाएको विषय आफूले भर्ना गरेको विषय होइन अनेरास्ववियुले फर्जी भर्ना गरेको सूचना आएको छ । छानविन हुनुपर्छ भनेर मैले क्याम्पस प्रमख र निर्वाचन अधिकृतलाई भनिसकेको छु ।’

    शंकरदेव क्याम्पस स्ववियु निर्वाचन अधिकृत धूर्व सुवेदीले असामान्य परिस्थिति उत्पन्न भएकोले अर्को सूचना नआएसम्म स्ववियु चुनाव स्थगित भएको सूचना निकालेका छन् ।



    फास्ट न्युज    
  • २०८१ चैत्र १, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट