logo

२०८३ बैशाख २३ बुधबार

logo
  • २०८३ बैशाख २३ बुधबार
  • निभाइयो टीकाथलीमा बोरिङ गर्दा निस्केको आगोको ज्वाला

    913Shares
    निभाइयो टीकाथलीमा बोरिङ गर्दा निस्केको आगोको ज्वाला

    काठमाडौं । ललितपुरको टिकाथलीमा पानीका लागि बोरिङ गर्ने क्रममा निस्केको आगोको ज्वाला नियन्त्रणमा आएको छ ।

    बोरिङको पाइप गाडेको स्थानबाटै आगोको ज्वाला दन्किएपछि स्थानीय र सुरक्षाकर्मीको टोलीले लामो समयको प्रयासपछि नियन्त्रणमा लिएको हो ।

    बिहानै निस्किएको आगोको ज्वाला करिब १२ बजेतिर नियन्त्रणमा आएको हो । जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरहरि रेग्मीले स्थानीय र प्रहरी टोलीले आगो निभाएको बताए ।

    स्थानीयले हिलो र पानी छ्यापेर आगो निभाउने प्रयास गरिरहेका थिए । फायर स्टेङ विसरको सहयोगमा निभाइएको उनले बताए ।

    एक स्थानीयका अनुसार करिब ९ सय फिट खनिसकेपछि आगोको ज्वाला निस्किएको थियो । पानी हाल्दा झन बल्ने भएकोले आगो निभाउन समस्या भएको थियो ।

    तस्वीरहरू स् विकास श्रेष्ठ



    फास्ट न्युज    
  • २०८१ फाल्गुन २०, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट