logo

२०८१ माघ ७ सोमबार

logo
  • सोमबार, ७ माघ २०८१
  • पहिचानवादीले  देखाए तेह्रथुममा मुख्यमन्त्री कार्कीलाई कालो झण्डा

    पहिचानवादीले  देखाए तेह्रथुममा मुख्यमन्त्री कार्कीलाई कालो झण्डा

    1.1K
    SHARES
    पहिचानवादीले  देखाए तेह्रथुममा मुख्यमन्त्री कार्कीलाई कालो झण्डा

    तेह्रथुममा पहिचान पक्षधरले कोशी प्रदेशको मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई कालो झण्डा देखाएका छन् । तेह्रथुमको बसन्तपुरबाट म्यालुङ जाने क्रममा बुधबार बिहान जिरिखिम्तीमा कालो झण्डा देखाएका हुन् ।
    प्रदेशको नाम पहिचानको आधारमा राख्न माग गर्दै आन्दोलनरत पहिचान पक्षधरले २६ माघ २०८० मा सरकारसँगको सहमतिपछि आन्दोलनको स्वरुप परिवर्तन गरेको थियो ।
    नेताहरूकाे यात्रामा अवराेध नगर्ने सहमति गरेकाे थियाे । तर, बुधबार मुख्यमन्त्री तेह्रथुमको म्याङलुङ जाने क्रममा पुन: कालो झण्डा देखाएका हुन् ।
    मुख्यमन्त्रीलाई कालो झण्डा देखाउने क्रममा प्रहरी र पहिचान पक्षधरबीच सामान्य धकेलाधकेल भएको थियो । पहिचान पक्षधरले पहिचानको आधारमा नाम राख्न माग गर्दै मुख्यमन्त्री कार्कीविरुद्ध प्रदर्शन गरे ।
    जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रमुख प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालका अनुसार १०-१२ जनाको समूहले मुख्यमन्त्रीलाई कालोझण्डा देखाउन खोजेको थियो । तर, प्रहरीले रोकेको उनले बताए । ‘बसन्तपुरबाट म्याङलुङ आउने क्रममा जिरी बजारमा कालो झण्डा देखाउन खोजिएको थियो,’ उनले भने,‘ प्रहरीले रोक्यो ।’
    १७ फागुन २०७९ मा हिक्मतकुमार कार्कीको नेतृत्वमा प्रदेशको नाम कोशी राखिएको थियो । प्रदेशसभामा मतदान गर्दा ९३ सांसद मध्ये ८२ सांसदले कोशीको पक्षमा मतदान गरेका थिए । प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधर असन्तुष्ट छ ।




    फास्ट न्युज
  • बुधबार, २६ असार २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट