logo

२०८३ आश्विन ५ सोमबार

logo
  • २०८३ आश्विन ५ सोमबार
  • १९ वर्षको उमेरमै नायब सुब्बा बन्न सफल भइन् अनिता

    1.1KShares
    १९ वर्षको उमेरमै नायब सुब्बा बन्न सफल भइन् अनिता

    काठमाडौँ । गुल्मीको धुर्कोट गाउँपालिका–६ की अनिता खवास १९ वर्षको उमेरमै लोक सेवा आयोग पास गरेर नायब सुब्बा बन्न सफल भएकी छन् ।

    सिन्धुपाल्चोकको पाँच पोखरी थाङपाल गाउँपालिकाको लेखापाल पदमा सिफारिस भएकी अनिताले मेहनत, धैर्यता र लगनशीलताले नै सफलता सम्भव हुने उल्लेख गरिन्। खवासले १९ वर्षको उमेरमै लोक सेवा आयोगको नायब सुब्बा पदको परीक्षा पास गर्दै सिन्धुपाल्चोकको पाँच पोखरी थाङपाल गाउँपालिकामा लेखापाल पदमा सिफारिस भएकी छन्।

    हाल बुटवलको अक्सफोर्ड कलेजमा स्नातक दोस्रो वर्ष अध्ययनरत अनिता सरकारी जागिर पाएसँगै परिवार र समाजमा प्रेरणाको स्रोत बनेकी छन्। अनिताले आफ्नो लक्ष्य मुख्यसचिव बन्ने रहेको बताईन् ।

     



    फास्ट न्युज    
  • २०८१ फाल्गुन १९, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट