logo

२०८३ बैशाख ११ शुक्रबार

logo
  • २०८३ बैशाख ११ शुक्रबार
  • सप्तरीमा बाघको आक्रमणबाट दुई जना घाइते

    910Shares
    सप्तरीमा बाघको आक्रमणबाट दुई जना घाइते

    भारदह(सप्तरी)। सप्तरीको सप्तकोसी नगरपालिका १ मा सोमबार बिहानै आएको पाटे बाघले दुई जनालाई घाइते बनाएको छ । स्थानीय गणेश खत्री र कृष्ण विष्टलाई घाइते बनाएको स्थानीय खगेन्द्र कार्कीले जानकारी दिनुभएको छ ।

    घाइते हुनुभएको विष्टलाई उपचारको लागि विराटनगर लगिएको छ भने खत्रीको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ । बिहान साढे ६ बजे फत्तेपुर बजारको रङ्गशालाको गेट छेउमा भएको एक घरको कम्पाउण्मा अचानक बाघ देखिएपछि सप्तकोसीका सर्वसाधारण एकदमै त्रसित बनेका थिए ।

    सप्तकोसीमा आतङ्क मच्चाएको स्थानीय रमानन्द चौधरीले जानकारी दिनुभयाे । यस सम्बन्धमा सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहालले बाघको नियन्त्रण गर्न कोसी टापु वन्यजन्तु आरक्षणको आरक्षण केन्द्रको टोली आउने जानकारी दिनुभएको छ ।



    फास्ट न्युज    
  • २०८१ फाल्गुन १९, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट