logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • थाइल्यान्डस्थित नेपाली राजदूतावासले दुई जना नेपालीको गर्यो उद्धार

    904Shares
    थाइल्यान्डस्थित नेपाली राजदूतावासले दुई जना नेपालीको गर्यो उद्धार

    काठमाण्डाै । थाइल्यान्डको बैंककमा रहेको नेपाली राजदूतावासले म्यानमारको मेवाडीबाट दुई जना नेपालीको उद्धार गरेको छ ।अनलाइन ठगीको काममा लगाइएका उनीहरूलाई मेवाडीबाट उद्धार गरी टाक इमिग्रेसन अफिस मेसोट हुँदै थाइल्यान्ड ल्याई आज नेपाल फर्काइएको दूतावासले जनाएको छ । यसअघि दूतावासले गएको शुक्रवार मेवाडीबाट पाँच जना नेपालीको उद्धार गरेको थियो ।

    दूतावासले नेपाल सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभनमा परी छिटो, धेरै पैसा कमाउने उद्देश्यले कम्मोडिया लाओस, म्यानमार र थाइल्यान्डलगायतका देशमा वैदेशिक रोजगारीमा नआउन आग्रह गरेको छ ।

     



    फास्ट न्युज    
  • २०८१ फाल्गुन १२, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट