logo

२०८३ श्रावण १३ बुधबार

logo
  • २०८३ श्रावण १३ बुधबार
  • प्रकृति लम्सालको शव आज नेपाल ल्याइने

    1.1KShares
    प्रकृति लम्सालको शव आज नेपाल ल्याइने

    काठमाडौं । भारतको ओडिसास्थित कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)को होस्टेलमा मृत फेला परेकी नेपाली छात्रा प्रकृति लम्सालको शव बुधबार बिहान नेपाल ल्याइने भएको छ ।

    ओडिसास्थित प्रहरी, केआईआईटी प्रशासन र प्रकृतिका बावु सुनिलबीच भएको छलफलमा उनको शव जहाजमार्फत नेपाल ल्याउने सहमति भएको भारतस्थित नेपाली दूतावासले जनाएको छ । प्रकृतिका बुबा सुनिलले पोष्टमार्टम प्रतिवेदन आउन बाँकी रहेको बताउँदै भावनात्मक ब्ल्याकमेल गरेर छोरीलाई आत्महत्या गर्न बाध्य पारिएको आफूहरुको बुझाइ रहेको बताएका छन् ।

    उनका अनुसार प्रकृतिको फोन, ल्यापटप र डायरी फरेन्सिक विभागलाई बुझाइसकिएको र प्रहरीले अनुसन्धान गरिरहेको छ । घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको जानकारी केआईआईटी प्रशासनले यषसअघि नै दिइसकेको छ । केआईआईटीले पनि घटनामा दुःख व्यक्त गर्दै माफी माग्दै विद्यार्थीलाई फर्किन आह्वान गरेको छ ।



    फास्ट न्युज    
  • २०८१ फाल्गुन ७, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट