logo

२०८३ बैशाख ८ मंगलवार

logo
  • २०८३ बैशाख ८ मंगलवार
  • हिटलर शैलीमा दमनमा उत्रिएको अमरेशको बालेनलाई आरोप

    913Shares
    हिटलर शैलीमा दमनमा उत्रिएको अमरेशको बालेनलाई आरोप

    काठमाडौं- स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) लाई हिटलरको संज्ञा दिएका छन् । सोमबार बसेको संसद् बैठकको आकस्मिक समयमा बोल्ने क्रममा उनले आइतबार काठमाडौंको टेकुस्थित एक कवाड व्यवसायमाथि भएको धरपकडलाई लिएर बालेनमाथि आक्रोश पोखेका हुन् ।

    ‘हिटलरबाट कुनै समय जर्मनीमा नाजीवाद लादिएको थियो । कवाडी व्यवसायीमाथि डोजर चलाएर मजदुरमाथि ज्यादती गरिएको छ’, उनले भने, ‘महानगरको धरपकड र आक्रमणका कारण तीनजना मजदुर गम्भीर घाइते भएका छन् । त्यहाँ मुस्लिम, मधेसी सबै थिए । रौतहटका रञ्जन रौनियारसहितको गम्भीर अवस्थामा अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।’

    उनले कवाड व्यवसायीमाथि गरिएको आक्रमणलाई लिएर हिम्मत भए सर्वोच्च अदालत, संसद् भवन, शीतल निवास, प्रधानमन्त्रीको कार्यालय र सिंहदरबार भत्काएर देखाउन पनि बालेनलाई चुनौती दिए ।

    ‘यो काठमाडौंको मेयरको नाजीवादी शैली चल्दैन । हरेक नेपालीको एक ठाउँबाट अर्को ठाउँमा जाने, व्यवसाय गर्ने अधिकार छ’, उनले भने, ‘अहिले जसले जे पनि गर्ने जस्तो भएको छ । के यो न्याय मरेको देश हो ?’

    उनले मेयर बालेन तानाशाही भएर निस्केको पनि बताए । ‘जर्मनीको हिटलर र इटालीको मुसोलिनी जस्तै भएको छ काठमाडौंको मेयर’, उनले भने, ‘सरकारबाट अनुमति लिएर व्यवसाय गर्नेमाथि भएको यो धरपकड निन्दनीय छ ।’



    फास्ट न्युज    
  • २०८१ माघ २८, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट