logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • गृहमन्त्री गुरुङले पदबाट दिए राजीनामा

    718Shares
    गृहमन्त्री गुरुङले पदबाट दिए राजीनामा

    काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् । गृहमन्त्री गुरुङले बुधबार फेसबुकमा स्टाटस लेख्दै आजकै मितिदेखि लागु हुने गरी राजीनामा दिएको उल्लेख गरेका छन् ।

    “मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा कन्फ्लिक्ट अफ इन्ट्रेस्ट नदेखियोस् र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागु हुने गरी गृहमन्त्री पदबाट राजीनामा दिएको छु,” उनले लेखेका छन् । उनले आफूले पदभन्दा ठूलो नैतिकता मान्ने पनि उल्लेख गरेका छन् । साथै जनविश्वास भन्दा ठूलो शक्ति नहुने पनि उनको भनाइ छ ।

    “आज देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको जेनजी आन्दोलनले पनि यही सन्देश दिएको छ,” उनले लेखेका छन्, “सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ, नेतृत्व उत्तरदायी हुनुपर्छ । मेरा ४६ जना भाइ बहिनीहरूको रगत र बलिदानी को आडमा बनेको सरकारलाई कसैले प्रश्न गर्छ भने त्यसको जवाफ नैतिकता हो ।”आफूले आफ्नो तर्फबाट नैतिक जिम्मेवारी निर्वाह गरेको उनले उल्लेख गरेका छन् ।



    फास्ट न्युज    
  • २०८३ बैशाख ९, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट