logo

२०८३ जेष्ठ १६ शनिबार

logo
  • २०८३ जेष्ठ १६ शनिबार
  • संसद्‍बाट विराजभक्तको कटाक्ष- सरकार बयलगाडाको चक्का लुकाउन खोज्दैछ

    976Shares
    संसद्‍बाट विराजभक्तको कटाक्ष- सरकार बयलगाडाको चक्का लुकाउन खोज्दैछ

    काठमाडौं- सामाजिक सञ्जाल नियन्त्रण विधेयकलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले केपी शर्मा ओली नेतृत्वको सरकारलाई घेरेका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै उनले सामाजिक सञ्जाल विधेयकका नाममा सरकार आलोचकहरू र नागरिकलाई जेलमा हाल्ने अभियानमा रहेको पनि बताए ।

    ‘के हामीसँग यति धेरै जेल छन्, जहाँ सामाजिक सञ्जाल विधेयक पास भएपछि थुनेर राख्न सकियोस् । सरकार खुद्रे कुरामा लाखौँ करोडौँ जरिवानाको मेन्यू ल्याउँदैछ’, उनले भने, ‘सरकार नागरिकलाई बढ्ता बोल्दै हुनुहुन्छ भनेर धम्की दिइरहेको छ । के झुटो आश्वासन दिने, भ्रम फैल्याउने असम्भव कुरालाई पूरा हुन्छ भनेर वाचा गर्नेहरूलाई चाहिँ उन्मुक्ति दिने हो ?’

    उनले यो विधेयक न्यायका लागि भन्दा आलोचकको मुख थुन्न ल्याउन लागिएको पनि बताए । ‘के यो विधेयक साँच्चिकै न्यायका लागि हो कि के का लागि हो ? यो विधेयक सरकारको आलोचक दमन गर्ने हतियार हुन सक्छ’, उनले भने, ‘यदि कानुन सबैका लागि हो भने शक्ति र सत्ताबाट झूट बोल्नेहरू पहिलो कारबाहीको सूचीमा हुनुपर्छ ।’

    रास्वपा नेता श्रेष्ठले गंगालाल र धर्मभक्तले लडेको अभिव्यक्ति स्वतन्त्रताको लडाइँ अहिले संकटमा पर्न लागेको पनि बताए । ‘गंगालाल र धर्मभक्तले लडेको अभिव्यक्ति स्वतन्त्रताको लडाइँ अहिले कुन बयलगाडाको चक्का खुस्किएर अड्किएको हो ? मैले बुझ्न सकेको छैन’, उनले भने, ‘सरकार त्यो बयलगाडाको चक्का लुकाउन खोज्दैछ । उता नागरिकहरू कृष्णसेन इच्छुकको कविता गुन्गुनाइरहेका छन् ।’



    फास्ट न्युज    
  • २०८१ माघ २८, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट