logo

२०८३ आश्विन १९ सोमबार

logo
  • २०८३ आश्विन १९ सोमबार
  • एलन मस्क नेतृत्वको विभागलाई वित्तीय डेटामा रोक लगाउन अमेरिकी अदालतको आदेश

    1.2KShares
    एलन मस्क नेतृत्वको विभागलाई वित्तीय डेटामा  रोक लगाउन अमेरिकी अदालतको आदेश

    न्युयोर्क – अमेरिकाको एक अदालतका न्यायाधीशले एलन मस्क नेतृत्वमा रहेको डिपार्टमेन्ट अफ गोभर्मेन्ट इफिसेन्सी (डोग)लाई अर्थ मन्त्रालयको रेकर्डबाट दसौं लाख अमेरिकीको व्यक्तिगत वित्तीय डेटामा पहुँच राख्ने कुरामाथि रोक लगाएका छन्।

    जिल्ला न्यायाधीश पाउल ए एन्जलमायरले मस्क र उनका टोलीले डेटा कपी गर्ने र नास गर्ने सम्भावना रहेको भन्दै त्यसलाई रोक्न आदेश दिएको हो। मस्कको सक्रियतामा डोगको सबै रेकर्डमा पहुँच पुगेको भन्दै १९ राज्यका महान्यायाधिवक्ताले मुद्दा दायर गरेपछि यस्तो निर्णय भएको हो।

    महान्यायाधिवक्ताले मस्क र डोग सरकारी निकाय नभएको तथा त्यस संस्थाले सङ्घीय कानुन उल्लङ्घन गरेको आरोप लगाएका छन्। डेमोक्र्याट नेतृत्वको राज्यका महान्यायाधिवक्ताले राष्ट्रपति ट्रम्पसहित अर्थ मन्त्रालय र अर्थमन्त्री स्कट बेसेन्टलाई विपक्षी बनाएका छन्। यसले एकदमै महत्त्वपूर्ण डेटाहरू बाहिर आउने तथा ह्याकिङको समेत जोखिम बढाउने भन्दै सो निर्णय भएको जनाइएको छ। १४ फेब्रुअरीमा अर्को सुनुवाइ नभएसम्म यो निर्णय यथावतै रहनेछ।



    फास्ट न्युज    
  • २०८१ माघ २७, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट