logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • असईसहित दुई जनाविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी

    895Shares
    असईसहित दुई जनाविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी

    खोटाङ । नेपाल प्रहरीका असईसहित दुई जनाविरुद्ध आत्महत्या दुरुत्साहन गरेको भन्दै जाहेरी परेको छ । प्रहरीले बिनाकारण हत्कडी लगाएकाले हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेका १९ वर्षीय राम परियारले आत्महत्या गरेको भन्दै प्रहरीमा जाहेरी परेको हो ।

    अर्खौलेस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक ४५ वर्षीय पोशराज कार्की र अर्की एक महिलाविरुद्ध आत्महत्या दुरुत्साहन गरेको भन्दै कानुनी कारबाहीको माग गरिएको छ । जबरजस्ती करणीमा आरोप लगाउँदै हत्कडी लगाएकाले परियारले शुक्रबार बिहान आत्महत्या गरेको भन्दै उनका दाजु कुशल परियारले साँझ प्रहरीमा जाहेरी दिएका हुन् ।

    मृतकले आफू होइन भन्दाभन्दै पूर्जीबिनै पक्राउ गरी समाजमा बेइज्जत गरेकाले आफूलाई आत्महत्या गर्न बाध्य पारेको सुसाइटनोटमा उल्लेख गरेकाले जाहेरी दिइएको दाबी गरिएको छ । खोटाङ प्रहरीका अनुसार ४० वर्षीया एक महिलाले स्थानीय १७ वर्षीय किशोरले आफूलाई जबरजस्ती गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् । त्यसपछि बिहीबार बेलुकी रामलाई केही समय नियन्त्रणमा लिएर छाडिएको खोटाङ प्रहरीले जनाएको छ । जाहेरीपछि आत्महत्या दुरुत्साहनमा प्रहरीले अनुसन्धान थालेको छ ।



    फास्ट न्युज    
  • २०८१ माघ २६, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट