logo

२०८२ असार ५ बिहिबार

logo
  • बिहिबार, ५ असार २०८२
  • महिला टी–२० श्रृङ्खलामा नेपालको लज्जास्पद हार, थाइल्याण्डलाई उपाधि

    712Shares
    महिला टी–२० श्रृङ्खलामा नेपालको लज्जास्पद हार, थाइल्याण्डलाई उपाधि

    काठमाडौं । काठमाडौंमा जारी नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी-२०आई शृंखलामा नेपाल जितविहीन बनेको छ । शुक्रबार भएको अन्तिम खेलमा नेपाल थाइल्याण्डसँग ७ विकेटले पराजित भयो ।

    शुक्रबार भएको अन्तिम खेलमा नेपाल थाइल्याण्डसँग ७ विकेटले पराजित भयो । कीर्तिपरस्थित त्रिवि क्रिकेट मैदानमा ८२ रनको चुनौती थाइल्याण्डले १७ ओभरमै ३ विकेटको क्षतिमा पूरा गर्यो ।

    दुवै टीम ४ जितसहित ८ अंकको अवस्थामा थिए । आजको जितसँगै थाइल्यान्डले १० अंक पुर्याएको छ । ६ वटै म्याच हारेको नेपालले एक अंक पनि जोड्न सकेन ।

    टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर ८१ रन बनायो । नेपालका लागि सम्झना खड्काले सर्वाधिक १७ रन बनाइन् । त्यस्तै कविता जोशीले १४ तथा कप्तान इन्दु बर्माले १० रन बनाइन् ।थाइल्याण्ड भने पाँच खेल जितेर उपाधि जित्न सफल भएको छ । नेदरल्याण्ड्स ८ अंकसहित दोस्रो भएको छ ।



    फास्ट न्युज    
  • २०८१ माघ २५, शुक्रबार ०९:४७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार