logo

२०८३ असार १४ आईतवार

logo
  • २०८३ असार १४ आईतवार
  • माओवादी अध्यक्ष प्रचण्डले आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै

    1KShares
    माओवादी अध्यक्ष प्रचण्डले आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै

    काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्ने भएका छन् । सरकारले हालै जारी गरेका ६ वटा अध्यादेश आज निर्णयार्थ प्रस्तुत गर्नु अघि अध्यक्ष प्रचण्डले सम्बोधन गर्न लागेका हुन् ।

    संसदको हिउँदे अधिवेशन सुरु भएको माघ १८ गते अन्य दलका शीर्ष नेताहरूले सम्बोधन गरे पनि प्रचण्डले सम्बोधन गरेका थिएनन् । आजको बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि सम्बोधन गर्ने सम्भावना छ ।



    फास्ट न्युज    
  • २०८१ माघ २४, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट