logo

२०८३ जेष्ठ २७ बुधबार

logo
  • २०८३ जेष्ठ २७ बुधबार
  • सरकारलाई थप प्रभावकारी बनाउने सत्ता साझेदार दलहरूको निर्णय

    958Shares
    सरकारलाई थप प्रभावकारी बनाउने सत्ता साझेदार दलहरूको निर्णय

    काठमाडौं । सत्ता साझेदार दलहरूको नियमित बैठकले सरकारलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ बसेको सत्तारुढ नेताहरूको बैठकले सरकारलाई थप प्रभावकारी बनाउन संसद र गठबन्धन सञ्चालनमा ध्यान केन्द्रित गर्ने निर्णय गरेको हो ।

    सत्तापक्षबीच आगामी संसद अधिवेशनलाई कसरी प्रभावकारी बनाउने भन्नेमा खुलस्त छलफल भएको कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले भने । ‘बाहिर सार्वजनिक भएका कतिपय विषयमा अलमल परेको भन्दै कतिपय साथीहरुले आफ्ना भनाई राख्नुभयो, तर अध्यादेशका विषयमा, अनि सदन चलाउने विषयमा एकजुट भएर जाने निर्णय नै आज भयो,’ उनले भने ।

    सरकारलाई थप प्रभावकारी बनाउन सत्तारुढ सांसदहरू संसद्‌मा एउटै लयका साथ प्रस्तुत हुने निर्णय गरेको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भने । उनका अनुसार सत्तारुढ सांसदहरूले संसद्‌मा सरकारले गरेका कामहरूबारे एउटै लयमा चर्चा गर्ने निर्णय भएको छ ।

    ‘विपक्षी दलहरूले अध्यादेशबारे अनर्गल प्रचार गरेका छन् । जबकि अध्यादेशको अन्तर्वस्तु हेरिएको छैन,’ बर्ताैलाले भने, ‘सत्तारुढ सांसदहरूले अध्यादेशको अन्तर्वस्तुमा गएर वकालत गर्ने निष्कर्षमा पुगेका छौं ।’ सत्ता साझेदार दलहरूले आफ्ना सांसदहरूलाई सरकारले गरेका अरु कामबारे पनि तथ्य र प्रमाणहरू उपलब्ध गराएर एउटै मत निर्माण गर्ने निष्कर्ष बैठकले निकालेको छ ।

    यो बैठकले सत्ता गठबन्धनलाई कमजोर हुन नदिनेबारे पनि छलफल गरेको छ । नेताहरूका अनुसार सरकारले राम्रै काम गरिररहेकाले गठबन्धनभित्र कुनै समस्या आउन दिन नहुने निर्णय भएको छ । ‘प्रधानमन्त्रीले सरकारले गरिरहेको कामको ब्रिफिङ गर्नुभयो, उहाँले राम्रै गरिरहेको भन्नुभयो,’ बैठकमा सहभागी अर्का एक नेताले भने, ‘राम्रै काम गरिरहेको सरकारलाई टिकाउन गठबन्धनभित्र देखिने समस्या हल गर्नुपर्ने पनि कुरा भयो ।’



    फास्ट न्युज    
  • २०८१ माघ १४, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट