logo

२०८३ जेष्ठ १८ सोमबार

logo
  • २०८३ जेष्ठ १८ सोमबार
  • किर्तिपुरमा वृक्षारोपण गर्दै तरुण दलले मनायो स्थापना दिवस

    1.1KShares
    किर्तिपुरमा वृक्षारोपण गर्दै तरुण दलले मनायो स्थापना दिवस

           कीर्तिपुर । कीर्तिपुरमा वृक्षारोपण गरेर नेपाल तरुण दलले आफ्नो स्थापना दिवस मनाएको छ। गत असोजमा भीषण बर्षाको कारण आएको बाढी पहिरोले मुलुकभर शोकमग्न अवस्था रहेको भन्दै दलले आफ्नो कार्यक्रमको ढाँचा परिवर्तन गरि किर्तिपुरको चोभार डाँडामा वृक्षारोपण कार्यक्रम आयोजना गरेको हो।

    कार्यक्रम नेपाली कांग्रेसको सहमहामन्त्री एवं तरुणदल निर्देशक समितिको संयोजक समेत रहेकी महालक्ष्मी उपाध्याय डिनाले बिरुवा रोपेर उद्घाटन गर्नु भएको थियो। कार्यक्रमको प्रमुख अतिथि डिनाले अन्य पार्टी र दलको भन्दा नेपाल तरुण दलको विशिष्ठ पहिचान भएको हुँदा यसको गरिमा र साखलाई जोगाएर लान आग्रह गर्नुभयो।

    अहिले लोकतन्त्रलाई असफल पार्न अनेकौं समूह र शक्ति सक्रिय रहेको बेला तरुण युवाहरुको भुमिका अझ महत्त्वपूर्ण रहेको भन्दै सम्पूर्ण  तरुण युवालाई एकतावद्व वनाएर तरुण दल अगाडि बढ्नुपर्ने उहाँले वताउनु भयो। कार्यक्रममा बोल्ने सम्पुर्ण बक्ताहरुले तरुण दलको महधिवेशन चैत मसान्त भित्र गर्ने प्रतिबद्धता समेत जनाएका थिए।

    छोटो र अनौपचारिक रुपमा आयोजना गरिएको कार्यक्रममा तरुणदलका निर्देशक समिति सदस्यहरु जितजंग बस्नेत र सरिता प्रसाई, केन्द्रीय सदस्य एवं माननीय राजन केसी लगायतका अन्य पूर्व पदाधिकारीहरुको उपस्थिति रहेको थियो भने तरुण दलका अध्यक्ष विद्वान गुरुङले प्रमुख अतिथि लगायत सम्पूर्ण सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्दै वर्षाले क्षति पुर्याएको स्थानहरु काभ्रे र ललितपुरमा तरुण दलले टहरा निर्माण गर्ने थप कार्यक्रम लिएर आउने बातउनु भयो।  तरुण दलका केन्द्रीय सदस्य नवीन राईले स्वागत मन्तव्य गर्नुभएको थियो।



    फास्ट न्युज    
  • २०८१ कार्तिक १०, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट