काठमाडौं । सरकारले सात जिल्लाको प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित १२ अधिकारीहरूको सरुवा गरेको छ। गृह मन्त्रालयले काठमाडौं, कैलाली, सुनसरीलगायत जिल्लाका सिडिओहरूको सरुवा गरेको हो।
काठमाडौंका सिडिओ जयनारायण आचार्यलाई गृह मन्त्रालयमा, कैलालीका सिडिओ धर्मेन्द्र कुमार मिश्रलाई सुनसरी, सुनसरीका सिडिओ रामचन्द्र तिवारीलाई गृह मन्त्रालय, मोरङका सिडिओ प्रेम प्रसाद भट्टराईलाई गृह मन्त्रालय, झापाका सिडिओ बन्धुप्रसाद बास्तोलालाई गृह मन्त्रालय, सर्लाहीका सिडिओ गफालकुमार अधिकारीलाई झापा र सल्यानका सिडिओ शम्भु प्रसाद रेग्मीलाई गृह मन्त्रालयमा सरुवा गरिएको हो।
त्यस्तै गृह मन्त्रालयका सहसचिव गोगनबहादुर श्रेष्ठलाई कैलालीको सिडिओ, तुलसीबहादुर श्रेष्ठलाई सर्लाहीको सिडिओ, इन्द्रदेव यादवलाई मोरङको सिडिओ र ऋषिराम तिवारीलाई काठमाडौंको सिडिओमा सरुवा गरिएको छ। त्यस्तै दाङका सहायक सिडिओ शावित्रा पुनलाई सल्यानको सिडिओमा सरुवा गरिएको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया