logo

२०८३ असार १३ शनिबार

logo
  • २०८३ असार १३ शनिबार
  • रविलामिछाने विरुद्ध ३ वटा मुद्धा दर्ता

    1.3KShares
    रविलामिछाने विरुद्ध ३ वटा मुद्धा दर्ता

    ७ पुस कास्की । सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारी ठगीसँगै, सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरणसम्बन्धी कसुरमा कास्की जिल्ला अदालतमा आज मुद्दा दायर भएको छ।

    पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनीविरुद्ध सम्पत्ति शुद्धिकरणमा २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ र सहकारी ठगीतर्फ ३ करोड ३७ लाख ६५ हजार रुपैयाँ बिगो दावीसहित मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिलको कार्यालय कास्कीका सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्माले जानकारी दिए।उनका अनुसार रास्वपा सभापति लामिछानेसहित उक्त सहकारी ठगी प्रकरणमा जोडिएका रामबहादुर खनाल, छविलाल जोशी र लीला पछाइविरुद्ध सम्पत्ति शुद्धिकरणमा आज मुद्दा दायर गरिएको हो।प्रतिवादी खनालसँग १४ करोड ३० लाख ९१ हजार ९११ रुपैयाँ, जोशीसँग ७४ करोड ३४ लाख ७१ हजार ५५ रुपैयाँ, पछाइसँग २४ करोड ६७ लाख ७ हजार २४ रुपैयाँ बिगो दावी गरिको सहायक जिल्ला न्यायाधिवक्ता शर्माले जानकारी दिए।



    फास्ट न्युज    
  • २०८१ पुष ७, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट