logo

२०८२ माघ ६ मंगलवार

logo
  • २०८२ माघ ६ मंगलवार
  • नेपाल प्रहरीका दुई डीआईजी एआईजीमा बढुवा सिफारिस

    865Shares
    नेपाल प्रहरीका दुई डीआईजी एआईजीमा बढुवा सिफारिस

    काठमाडौं । नेपाल प्रहरीका दुई प्रहरी नायव महानिरीक्षक (डीआईजी)को प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिस भएका छन् । प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (४) अनुसार बढुवाका लागि गरिएको सिफारिस सूचीका आधारमा आज शुक्रबार बसेको बढुवा समितिको बैठकले डीआईजीहरू दुर्गा सिंह र भरतबहादुर बोहरालाई एआईजीमा बढुवा सिफारिस गरेको हो ।

    आजदेखि अवकाशमा गएका एआईजी भीमप्रसाद ढकाल र मंसिर २१ गते अवकाशमा पाएका केदार ढकालको रिक्त पदमा उनीहरूलाई ल्याइन लागिएको हो । एआईजीको ५६ वर्ष उमेरहदका कारण उनीहरू दुवैले अवकाश पाएका थिए । सोही रिक्त पदमा सिंह र बोहरालाई बढुवा सिफारिस गरिएको हो ।



    फास्ट न्युज    
  • २०८१ मंसिर २८, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार