काठमाडौं । नेपाल प्रहरीका दुई प्रहरी नायव महानिरीक्षक (डीआईजी)को प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिस भएका छन् । प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (४) अनुसार बढुवाका लागि गरिएको सिफारिस सूचीका आधारमा आज शुक्रबार बसेको बढुवा समितिको बैठकले डीआईजीहरू दुर्गा सिंह र भरतबहादुर बोहरालाई एआईजीमा बढुवा सिफारिस गरेको हो ।
आजदेखि अवकाशमा गएका एआईजी भीमप्रसाद ढकाल र मंसिर २१ गते अवकाशमा पाएका केदार ढकालको रिक्त पदमा उनीहरूलाई ल्याइन लागिएको हो । एआईजीको ५६ वर्ष उमेरहदका कारण उनीहरू दुवैले अवकाश पाएका थिए । सोही रिक्त पदमा सिंह र बोहरालाई बढुवा सिफारिस गरिएको हो ।
© 2025: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd