logo

२०८३ बैशाख २१ सोमबार

logo
  • २०८३ बैशाख २१ सोमबार
  • स्वास्थ्यका कारण प्रधानमन्त्री र सांसदबीचकाे प्रश्नोत्तर स्थगित

    964Shares
    स्वास्थ्यका कारण प्रधानमन्त्री र सांसदबीचकाे प्रश्नोत्तर स्थगित

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको प्रश्नोत्तर आज नहुने भएको छ । स्वास्थ्यको कारण आजको बैठकमा उपस्थित हुन नसक्ने भएकाले प्रश्नोत्तरको कार्यसूची संशोधन हुने सत्तारुढ नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले नेपाल प्रेसलाई जानकारी दिए ।

    संसद सचिवालयले आज प्रधानमन्त्रीसँग सांसदहरू प्रश्नोत्तरको कार्यसूची राखेको थियो । तर प्रधानमन्त्रीको सचिवालयले स्वास्थ्यका कारण संसदमा उपस्थित हुन नसक्ने जानकारी दिएको बर्तौलाले बताए । प्रत्येक महिना सांसदहरूसँग प्रधानमन्त्रीको प्रश्नोत्तर कार्यक्रम अन्तरगत आजको बैठकमा कार्यसूची राखिएको थियो ।



    फास्ट न्युज    
  • २०८२ जेष्ठ ६, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार