logo

२०८३ जेष्ठ २४ आईतवार

logo
  • २०८३ जेष्ठ २४ आईतवार
  • प्रचण्ड भन्छन्- अन्तिम चरणमा पुगेको शान्ति प्रक्रिया टुङ्ग्याउन राष्ट्रिय सहमति आवश्यक

    958Shares
    प्रचण्ड भन्छन्- अन्तिम चरणमा पुगेको शान्ति प्रक्रिया टुङ्ग्याउन राष्ट्रिय सहमति आवश्यक

    काठमाण्डौ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रिया पूरा गर्न राष्ट्रिय सहमति आवश्यक भएकाले सहमतिबाटै निष्कर्षमा पुर्‍याउने बताउनुभएको छ ।

    एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन र नेपाल शिक्षक समाजबीच एकता घोषणा सभा तथा प्रथम राष्ट्रिय परिषद् बैठकमा उहाँले अन्तिम चरणमा पुगेको शान्ति प्रक्रियालाई टुङ्ग्याउन राष्ट्रिय एकता र सहमति अपरिहार्य भएकोमा जोड दिनुभयो ।

    शिक्षकहरुको सङ्गठन एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन र नेपाल समाजवादी पार्टी निकट शिक्षक समाजबीच एकता घोषणा गरिएको छ । समाजका सबै तहका कमिटी सङ्गठनमा समाहित भएका छन् । सङ्गठनका अध्यक्ष शङ्कर अधिकारी र समाजका अध्यक्ष ठाकुरनाथ गौतमले एकता घोषणा गर्नुभयो ।



    फास्ट न्युज    
  • २०८१ मंसिर २२, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट