logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • टुँडिखेलमा एक पुरुष मृत भेटिए

    895Shares
    टुँडिखेलमा एक पुरुष मृत भेटिए

    काठमाडौं । काठमाडौं महानगरपालिका–२२ टुँडिखेलमा एक पुरुष मृत भेटिएका छन् ।बुधबार बिहान साढे ६ बजे काठमाडौं महानगरपालिका-२२ टुँडिखेलमा मकवानपुरका ४५ वर्षीय बद्रीप्रसाद सिलवालकाे शव भेटिएकाे जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिएका छन् ।

    शव फेला परेको खबरपछि जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले अनुसन्धान अघि बढाएको थियो । प्रहरीले शव पोष्टमर्टमका लागि शिक्षण अस्पताल महाराजगन्ज पठाएको छ ।

    घटनाबारे थप अनुसन्धान भइरेकाे छ ।



    फास्ट न्युज    
  • २०८१ मंसिर १९, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट