logo

२०८३ बैशाख १८ शुक्रबार

logo
  • २०८३ बैशाख १८ शुक्रबार
  • रामेछाप जीप दुर्घटना: वडाध्यक्षसहित ५ जनाको ज्यान गयो, तीन घाइते

    952Shares
    रामेछाप जीप दुर्घटना: वडाध्यक्षसहित ५ जनाको ज्यान गयो, तीन घाइते

    काठमाण्डाै। रामेछापमा जीप दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । गोकुलगङ्गा गाउँपालिका वडा नम्बर ६ को सिमलडाँडा भिरमा जीप सडकबाट तल खसेको हो ।

    दुर्घटनामा गोकुलगङ्गा गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष रामचन्द्र बस्नेतसहित पाँच जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रदीपकुमार सिंहले उज्यालोलाई जानकारी दिनुभयो ।यस्तै जीपका चालक हिराबहादुर कार्कीको पनि ज्यान गएको छ । ज्यान गुमाउने तीन जनाको परिचय थाहा हुन सकेको छैन ।

    १४ सिट क्षमता भएको जीपमा आठ जना सवार रहेका थिए । जीपमा सवार अन्य तीन जना घाइते भएका प्रहरी नायव उपरीक्षक सिंहले बताउनुभयो । काठमाण्डौबाट रामेछापतर्फ गुडिरहेको जीप दुर्घटनामा परेको हो ।



    फास्ट न्युज    
  • २०८१ मंसिर १४, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट