दाङ । प्रहरीले जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको छ ।
घोराही उपमहानगरपालिका–१५ काठेकोहल डेरा गरी बस्ने बाँके नेपालगंज उपमहानगरपालिका–८ घर भएका ३४ वर्षीय इमरान हुसेनको कोठामा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरुलाई नगद ९१ हजार ९सय रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया