logo

२०८३ आश्विन १८ आईतवार

logo
  • २०८३ आश्विन १८ आईतवार
  • छठ पर्वमा बागमती नदीमा धाप ड्यामको पानी छाडिने

    1KShares
    छठ पर्वमा बागमती नदीमा धाप ड्यामको पानी छाडिने

    काठमाण्डौ | पछिल्ला केही वर्षयता काठमाडौँमा पनि छठ पर्वलाई धुमधामसँग मनाउन थालिएको छ। यसपटक पनि छठ सुरु भइसकेपछि काठमाडौँ उपत्यकाका नदी, पोखरी तथा तलाउ छेउमा सजावट सुरु भइसकेको छ।

    चार दिनसम्म मनाइने छठ पर्व अन्तर्गतको छठ पूजाका लागि काठमाण्डौका गौरीघाटलगायतका नदी किनारहरु सिङ्गारिएका छन् । कमलपोखरी छठ पूजा समाजका अध्यक्ष राजेन्द्र सिंहले छठको तयारी भइरहेको र टेन्ट राख्ने काम लगभग सकिएको बताउनुभयो ।

    एकीकृत बागमती सभ्यता विकास समितिअन्तर्गत बाग्मती सुधार आयोजनाले छठ पर्वमा धाप ड्यामको पानी वाग्मती नदीमा छाड्ने तयारी गरिरहेको जनाएको छ । वाग्मती नदीमा पानीको सतह बढाउन र व्रर्तालुलाई स्नानका लागि सहज होस् भन्ने उद्देश्यले ड्यामको पानी नदीमा छाड्ने तयारी गरेको हो ।

    आयोजनाका उप–निर्देशक तथा सूचना अधिकृत उद्धव नेपालले आज बेलुकादेखि पानी नदीमा छाड्ने तयारी भइरहेको जानकारी दिनुभयो । समितिले छठ पर्वको दुई दिनसम्म वाग्मती नदीमा प्रतिसेकेन्ड चार सय लिटर पानी  छाड्ने तयारी गरिरहेको जनाएको छ ।



    फास्ट न्युज    
  • २०८१ कार्तिक २१, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट