logo

२०८३ कार्तिक २४ सोमबार

logo
  • २०८३ कार्तिक २४ सोमबार
  • जसपा नेपालका तीनवटा जिल्ला समिति पुनर्गठन

    1KShares
    जसपा नेपालका तीनवटा जिल्ला समिति पुनर्गठन

    काठमाडौं । जनता समाजवादी पार्टी ९ जसपा नेपालका तीनवटा जिल्ला समिति पुनर्गठन गरिएका छन् । यसरी पुनर्गठन भएका जिल्लाहरुमा कोशी प्रदेशको झापा जिल्ला र गण्डकी प्रदेशअन्तर्गतका तनहुँ र नवलपुर जिल्ला समिति रहेका छन् ।

    दमकको थ्री इन होटलमा आयोजित कार्यक्रमबाट शत्रुधन चौधरीको अध्यक्षतामा झापा जिल्ला समिति पुनर्गठन भएको छ ।

    त्यसैगरी जसपा नेपालको तनहुँ जिल्ला देउबहादुर थापा मगरको अध्यक्षतामा ३१ सदस्यीय समिति पुनर्गठन भएको छ । त्यस्तै ओमबहादुर रानाको अध्यक्षतामा १७ सदस्यीय नवलपुर जिल्ला समिति पुनर्गठन भएको छ ।

    जनतासँग जसपा नेपाल आधारभूत संगठन निर्माणको चार महिने अभियानअन्तर्गत जसपा नेपालले संगठन गठन, पुनर्गठन, अनुगमन तथा विस्तारित बैठकको आयोजना गरिरहेको छ ।



    फास्ट न्युज    
  • २०८१ कार्तिक १७, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट