logo

२०८३ बैशाख ८ मंगलवार

logo
  • २०८३ बैशाख ८ मंगलवार
  • ‘रवि पक्राउलगत्तै नाराबाजी र आन्दोलन न्यायमाथिको अवरोध हो’

    865Shares
    ‘रवि पक्राउलगत्तै नाराबाजी र आन्दोलन न्यायमाथिको अवरोध हो’

    काठमाडौं । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले रवि लामिछाने प्रक्राउ हुने वित्तिकै नाराबाजी र आन्दोलन गर्नु विधिको शासनमा अवरोध सिर्जना गर्ने काम आफैंमा पनि अपराध भएको बताएका छन् ।काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा उनले अनुसन्धानको प्रक्रिया बल्ल सुरु हुँदा अदालतले फैसला गरे जसरी हुल गरेर आन्दोलन गर्नु राम्रो नभएको भन्दै न्याय माथिको अवरोध मान्य हुन नसक्ने बताए ।

    उनले भने, ‘एउटा मुद्दामा धेरै प्रकारको प्रक्रिया हुन्छ, त्यसैले कसैलाई फसाउन, कसैलाई बदनाम गर्न सरकारले चाहेर हुँदैन । विधि र कानुन अनुसार हुन्छ । तर अनुसन्धानको प्रक्रिया बल्ल सुरु हुँदै छ, अदालतले फैसला गरे जसरी हुल, नाराबाजी, आन्दोलन गरेर फलानो व्यक्ति निर्दोष छ किन समाएको, किन राजनीतिक प्रतिशोध राखियो भन्नु जायज होइन । लोकतन्त्रमा विधिको शासनमा अवरोध सिर्जना गर्ने काम आफैमा पनि अपराध हो । न्याय माथिको अवरोध मान्य हुन सक्दैँन् ।’
    यस्तै, उनले सरकार सुशासन प्रवद्र्धन गर्नका लागि कानून बमोजिम काम गर्ने भन्दै कसैको अनुहार हेरेर र कुन राजनीतिक पार्टीसँगको आबद्ध छ भनेर कानूनले काम नगर्ने बताए ।
    उनले भने, ‘सहकारीको कुरा देशको आजको एउटा गम्भीर वहसको विषय हो । केन्द्रीय बहसको विषय पहिलैदेखि नै हो तर एकजना कोही आरोपित वा आशंकित व्यक्तिलाई समाउने वित्तिकै यस्तो गतिविधि ठिक होइन । सरकार सुशासन प्रवद्र्धन गर्नका लागि कानूनीबमोजिम काम गर्छ, अनुहार हेरेर होइन । कुन राजनीतिक पार्टीसँग को आबद्ध छ भनेर होइन् । कानूनले कसलाई कसरी पछ्याउँछ, कानूनले के भन्छ । त्यसको आधारमा राज्यको अनुसन्धान गर्ने निकायहरुलाई सरकारले प्रभावित गर्दैन् ।’
    सांसद एवं पूर्वगृहमन्त्री जस्तो भइसकेको मान्छेले अनुसन्धान प्रक्रियालाई सघाउनुपर्ने पनि उनको भनाई छ ।



    फास्ट न्युज    
  • २०८१ कार्तिक १२, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट