logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • प्रधानमन्त्री ओली र व्यवसायी गुरुङविरुद्ध उजुरी, तत्काल पक्राउ गरी अनुसन्धान गर्न माग

    913Shares
    प्रधानमन्त्री ओली र व्यवसायी गुरुङविरुद्ध उजुरी, तत्काल पक्राउ गरी अनुसन्धान गर्न माग

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ‌‌ओली र भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङविरुद्ध अख्तियारमा उजुरी परेको छ ।

    युवराज पौडेल सफलले प्रधानमन्त्री ओली र व्यवसायी गुरुङविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ अन्तर्गत अनुसन्धान गरी कारबाही गर्न अख्तियारमा उजुरी दिएका हुन् ।

    उनले दर्ता गराएको उजुरीमा भ्रष्टाचार निवारण ऐन २०५९ द्वारा आवश्यक अनुसन्धान गरी हदैसम्म कारबाही माग माग पनि गरेका छन्  ।

    अख्तियारमा उनले दिएको उजुरीमा विवादास्पद व्यापारी मीनबहादुर गुरुङमाथि विभिन्न मुद्धा मामिलाहरु राज्यका निकाय एवम् अदालतमा रहेको र निजलाई जेलसमेत हाल्न पर्ने जरिबाना रकमसमेत असुल गर्नपर्ने देखिएको र निज सो जेल सजाय एवम् जरिबाना रकम तिर्नबाट बच्नको लागि घुस वा कमिशन वापत सो जग्गा र पार्टी कार्यालय बनाउने जिम्मा लिएको आरोप लगाएका छन् ।

    अत यसरी घुस लिने दिने उल्लेखित व्यक्तिहरुलाई कानुन बमोजिम कारवाही गर्नुपर्ने देखिन्छ । अत निजहरुलाई भ्रष्टाचार निवारण ऐन २०५९ (संशोधन सहित) को परिच्छेद ( २ ) को भ्रष्टाचारको कसूर र सजाय सम्बन्धी व्यवस्थाको दफा (३) बमोजिम आठवर्षदेखि १० वर्षसम्म कैद गर्न माग गर्दछु । साथै सोही ऐनको दफा (५), दफा (६) बमोजिम समेत कारवाही गर्न माग गर्दछु । आवश्यक प्रमाणहरु यसै निवेदनका साथ संलग्न गरिएको छ ।’



    फास्ट न्युज    
  • २०८१ कार्तिक १, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट