चितवन । उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले विधि प्रक्रिया पूरा गरेर सहकारी पीडितलाई राहत दिने र दोषीलाई कानूनको दायरामा ल्याउने बताएका छन् ।
विहीबार चितवन विमानस्थलमा नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नागरिकको बचतमा बद्मासी गर्ने दोषीहरुले कुनै हालमा उन्मुक्ति नपाउने बताए । उनले मन्त्रिपरिषद्बाटै सहकारीको विषय हल गर्न अध्यादेश ल्याउने निर्णय भइसकेको बताए ।
उहाँले मन्त्रिपरिषद्बाटै सहकारीको विषय हल गर्न अध्यादेश ल्याउने निर्णय भइसकेको बताउनुभयो । उपप्रधानमन्त्री सिंहले आफूहरु सरकारमा आएपछि विधिको शासनअनुसार देश अघि बढिरहेको भन्दै गल्ती गर्ने कसैले पनि उन्मुक्ति नपाउने दाबी गर्नुभयो । रास्वपाकै सदस्य सहभागि संसदीय समितिको सिफारिसका आधारमा लामिछानेमाथि छानविन अघि बढिरहेको पनि उहाँले बताउनुभयो । उहाले वर्तमान सरकार उदेश्य अनुसार नै अघि बढिरहेकाले आगामी निर्वाचनसम्म वर्तमान गठबन्धन कायम रहने उल्लेख गरेका छन् ।
कानूनभन्दा माथि कोही पनि छैन भन्ने कुरा अहिले स्थापित भएको पनि उनले बताए। सहकारी संस्थाको नियमन र बचतकर्ताको डुबेको रकम फिर्ता गर्ने गरि सहकारीसम्बन्धी ऐन, २०७४, राष्ट्र बैंक ऐन, २०५८ र निक्षेप तथा कर्जा सुरक्षण कोष ऐन, २०७३ मा संशोधन गर्ने अध्यादेश मंगलबार मन्त्रिपरिषद् बैठकले पारित गरेको थियो ।
चितवनको सौराहामा आयोजित हात्ति महोत्सवमा सहभागि हुन चितवन आएका उपप्रधानमन्त्री सिंहले महोत्सवहरुले आर्थीक गतिविधि बढाउने बताए । ‘नीजि क्षेत्रले गरेको कुरालाई प्रोत्साहित गर्ने काम त सरकारले गर्नुपर्यो नी । नेपालको अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान राम्रो छ । महोत्सवहरुले त्यसमा टेवा पुग्ने भएकाले यस्तो कार्यलाई बढावा दिनुपर्छ,’ उनले भने ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया