logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • पार्टी कार्यालय भवन निर्माणका लागि प्राप्त जग्गाको सम्बन्धमा आएका विवादमा एमालेको गम्भीर ध्यानाकर्षण

    871Shares
    पार्टी कार्यालय भवन निर्माणका लागि प्राप्त जग्गाको सम्बन्धमा आएका विवादमा एमालेको गम्भीर ध्यानाकर्षण

    काठमाडौं । पार्टी केन्द्रीय कार्यालय भवन निर्माणका लागि प्राप्त जग्गाका विषयलाई लिएर अतिशयोक्तिपूर्ण टीकाटिप्पणी खेदजनक भएको नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले जनाएको छ।

    एमालेले उक्त विषयलाई लिएर भएका छलफल, बहस र टीकाटिप्पणीप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

    केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले प्रेस विज्ञप्ति जारी गर्दै ‘जग्गा प्राप्ति र केन्द्रीय कार्यालय भवन निर्माणको स्थायी समाधानको विषयलाई लिएर भएका अतिशयोक्तिपूर्ण टीकाटिप्पणीहरू अत्यन्त खेदजनक छन्, ७५ वर्षको लामो ऐतिहासिक विरासत बोकेको पार्टीका विपक्षमा यो तहका लाञ्छना लगाउने, पार्टी र पार्टी नेतृत्वको विपक्षमा लाञ्छित गर्ने कुरा भत्सर्ना योग्य छ।’ विज्ञप्तिमा भनिएको छ ।

    ‘अन्तरमनबाट पारदर्शी र खुला दिलले उहाँले दान गर्नुभएको जग्गालाई हामीले स्वीकार गरेका हौं, यसमा कुनै किसिमको पनि सौदाबाजी र लेनादेना छैन,’ विज्ञप्तिमा भनिएको छ, ‘उहाँका नाममा विचाराधीन रहेका मुद्दाहरूका बारेमा उहाँ आफैले फेस गर्ने हो, संविधान, कानुनभन्दा माथि कोही छैन।’

    एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका शीर्षस्थ नेताहरूको उपस्थितिमा केन्द्रीय कार्यालयको यही असोज २५ गते औपचारिक रुपमा शिलान्याससमेत गरिसकेका छन् ।

     



    फास्ट न्युज    
  • २०८१ कार्तिक १, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट