logo

२०८१ माघ २७ आइतबार

logo
  • आइतबार, २७ माघ २०८१
  • धोबी खोलाले बगाएको ट्याक्सी थापाथली नजिक भेटियो

    धोबी खोलाले बगाएको ट्याक्सी थापाथली नजिक भेटियो

    624
    SHARES
    धोबी खोलाले बगाएको ट्याक्सी थापाथली नजिक भेटियो

    काठमाडौँ — हनुमानथान र थापागाउँ जोड्ने पुल नजिकबाट खसेको ट्याक्सी सोमबार थापाथलीस्थित यूएन पार्कनजिक भेटिएको छ ।आइतबार राति ८:२० तिर मदन भण्डारी कलेज रुद्रमती करिडोरबाट बा. २. ज. १७९२ नम्बरको ट्याक्सी अनियन्त्रित भई रुद्रमती (धोबीखोला) मा खसेर हराएको थियो । ट्याक्सी चालक ३३ वर्षीय उर्गेन लामालाई भने सकुशल उद्धार गरिएको थियो ।



    बा. २. ज. १७९२ नम्बरको ट्याक्सी आइतबार राति रुद्रमती करिडोरबाट धोबीखोलामा खसेको थियो । ट्याक्सीसँग बगेका चालकको भने त्यतिबेलै सकुशल उद्धार गरिएको थियो । उनलाई भाटभटेनी नजिकबाट उद्धार गरिएको थियो भने ट्याक्सी बगेको थियो ।

    बागमतीमा डुबिरहेको अवस्थामा रहेको ट्याक्सी निकाल्न सोमबार सशस्त्र प्रहरी बलले प्रयत्न गरिरहेको छ । ट्याक्सी निकाल्नका लागि सशस्त्र प्रहरीका २ गोताखोरसहित ११ जनाको टोली खटिएको छ ।


    फास्ट न्युज
  • सोमबार, ३१ भाद्र २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट