logo

२०८३ बैशाख २३ बुधबार

logo
  • २०८३ बैशाख २३ बुधबार
  • उपसभामुखलाई हटाउने तयारी, उपत्यका नछाड्न सांसदहरुलाई एमालेको निर्देशन

    895Shares
    उपसभामुखलाई हटाउने तयारी, उपत्यका नछाड्न सांसदहरुलाई एमालेको निर्देशन

    काठमाडौँ। सत्तारुढ दलहरूले उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउने तयारी गरेका छन्।

    पद अनुकूल आचरण नगरेको’ भन्दै संविधानको धारा ९१ मा टेकेर सत्तारुढ दलले उपसभामुख रानाविरूद्ध प्रतिनिधि सभामा प्रस्ताव दर्ताको तयारी गरिएको छ ।

    संविधानको धारा ९१ उपधारा ९६० को (ग) मा पदअनुकूल आचरण नगरेको भन्ने प्रस्ताव प्रतिनिधि सभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको दुई तिहाइ बहुमतबाट पारित भएमा सभामुख वा उपसभामुख पदमुक्त हुने व्यवस्था छ ।

    ‘उपसभामुखले पदअनुकूलको आचरण-व्यवहार गर्नुभएको छैन। पदीय मर्यादाको कुरा गर्नुभएको छैन,’ बर्तौलाले भने, ‘यो गम्भीर त्रुटि हो, यो मानवीय त्रुटि होइन। नियतवश गरिएको पदीय आचरणविपरीतको गतिविधि हो।’

    सरकारले कुनै कदम चाल्ने भन्दा पनि उनले नैतिकताको आधारमा राजीनामा दिनु उपयुक्त हुने बर्तौलाले  दोहोर्याए ।



    फास्ट न्युज    
  • २०८१ भाद्र २५, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट