logo

२०८१ माघ ७ सोमबार

logo
  • सोमबार, ७ माघ २०८१
  • धुलिखेल-खावा सडक दैनिकजसो अवरुद्ध

    धुलिखेल-खावा सडक दैनिकजसो अवरुद्ध

    468
    SHARES
    धुलिखेल-खावा सडक दैनिकजसो अवरुद्ध

    काठमाडाैं। अरनिको राजमार्ग अन्तर्गत धुलिखेल-खावा सडक दैनिकजसो अबरुद्ध हुँदा सर्वसाधारणले सास्ती बेहोर्नुपरेको छ।अरनिको राजमार्गअन्तर्गतको धुलिखेल–खावा चार किलोमिटर सडकखण्डको विस्तार र स्तरोन्नतीकोे काम समयमै सम्पन्न नहुदाँ हिलोका कारण सडक दैनिकजसो अबरुद्ध हुने गरेको छ । हिउँदमा धुलाम्मे र वर्षामा सडक हिलाम्मे हुदाँ यात्रुहरुले कष्टकर यात्रा गर्न बाध्य छन् । धुलिखेल–खावा चार किलोमिटर सडकखण्डको विस्तार र स्तरोन्नतीकोे कामको जिम्मेवारीको सम्हालेको निर्माण व्यवसायी गौरी–पार्वती निर्माण सेवा प्रा.लिले समयमै काम नसक्दा अहिले यो सडकमा विस्तार कार्य अलपत्र परेको हो ।



    सम्झौताअनुसार आगामी २०८० चैत १९ सम्म काम पूरा गर्नुपर्ने थियो । चार किलो मिटर सडकखण्डमध्ये दुई कि. मि. सडक खण्डमा मात्रै निर्माण व्यवसायीले हालसम्म करिब ४० प्रतिशत कार्य सम्पन्न गरेको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ । कार्यालयका अनुसार, ४० प्रतिशत सम्पन्न भएको कार्य पनि पहिरोले बिगारेको हुनाले यसलाई फेरि दोहोर्‍याएर गर्नुपर्ने देखिएको छ ।

    ३० करोड ७८ लाख २ हजार ३० रुपैंयाको लागतमा उक्त सडक खण्डको बिस्तार तथा स्तरोन्नतीको कार्यलाई गौरी-पार्वती निर्माण सेवा प्रा. लि. ले २० करोड १९ लाख ४६ हजार ५०१ रुपैंयामा ठेक्का सम्झौता गरेको थियो ।

    ४ किलो मिटर सडकखण्डमध्ये २ किमि सडक खण्डमा मात्रै निर्माण व्यवसायीले हालसम्म करिब ४० प्रतिशत कार्य सम्पन्न गरेको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ । कार्यालयका अनुसार, ४० प्रतिशत सम्पन्न भएको कार्य पनि पहिरोले बिगारेको हुनाले यसलाई फेरि दोहो¥याएर गर्नुपर्ने देखिएको छ ।


    फास्ट न्युज
  • सोमबार, १७ भाद्र २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट