logo

२०८२ माघ ६ मंगलवार

logo
  • २०८२ माघ ६ मंगलवार
  • बुटवलको जुत्ता मेलामा तोडफोडसँगै कर्मचारीमाथि हातपात

    874Shares
    बुटवलको जुत्ता मेलामा तोडफोडसँगै कर्मचारीमाथि हातपात

    बुटवल– बुटवलको डेल्टा मार्ट परिसरमा आइतबारदेखि सुरु गर्न लागिएको दोस्रो जुत्ता चप्पल व्यापार मेलामा तोडफोड तथा हातपात भएको छ ।

    मेला स्थलमा पुगेका एक समूहले त्यहाँ रहेका ब्यानर तथा स्टलहरु तोडफोड गर्नुका साथै मेलामा कार्यरत कर्मचारीहरुमाथि हातपात भएको हो । नेपाली लुगा घरको आयोजनामा दशैसम्म मेला लाग्ने बताइएको थियो । उक्त मेलालाई रोक्न रुपन्देही व्यापार संघले दबाब दिँदै आएको समयमा मेलास्थल भित्र तोडफोड तथा हातपात भएको हो ।

    मेला आयोजक मूल समितिका संयोजक तथा नेपाली लुगा घरका सञ्चालक प्रकाश भुसालका अनुसार बिहान करिब ९ बजेको समयमा आएका २५/३० जनाको समूहले मेलास्थलका बोर्ड तथा स्टलहरू तोडफोड गर्नुकासाथै त्यहाँ कार्यरत व्यक्तिहरूलाई समेत हातपात गरेका थिए ।



    फास्ट न्युज    
  • २०८१ भाद्र ९, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार