काठमाडौं । रामेछापको शैलुङ्ग गाउँपालिका ३ लेखर्क पहरीगाउँमा पहिरो जाँदा २ जनाको मृत्यु भएको छ । गएराति पहिरोले ३ घर बगाएको हो। पहिरोमा परी केही व्यक्ति बेपत्ता छन् भने पुल पनि बगाएको छ ।
आज बिहान साढे ३ बजे पहिरोले गाउँमा क्षति पुर्याएको सूचना पाएपछि टोकरपुर र दोरम्बाबाट प्रहरीको टोली घटनास्थल पुगेको छ ।
अविरल वर्षापछिको पहिरोले घर बगाउँदा दुई जनाको मृत्यु भएको र उनीहरूको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रदीप कुमार सिंहले जानकारी दिए। मृत्यु हुनेमा चन्डीका श्रेष्ठ र निजका १८ महिनाका छोरा आयुष श्रेष्ठ रहेका छन् । एघार वर्षीया अञ्जना श्रेष्ठ घाइते भएकी छन् ।
पहिरोमा केही बेपत्ता भएको र उनीहरूको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक सिंहले बताए । पहिरोले चार वटा घर बगाएको छ । अधेरी खोलाको पुल समेत बगाएको छ । पहिरो गएको गाउँ जाने बाटोसमेत वर्षाले क्षतिग्रस्त बनाएका कारण उद्धारमा समस्या भएको उनले बताए ।
© 2024: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd