logo

२०८२ कार्तिक २३ शनिबार

logo
  • २०८२ कार्तिक २२
  • संसदीय छानबिनको माग गर्दै तरुण दलले काठमाडौंमा गर्यो प्रदर्शन (फोटोफिचर)

    826Shares
    संसदीय छानबिनको माग गर्दै तरुण दलले काठमाडौंमा गर्यो प्रदर्शन (फोटोफिचर)

    काठमाडौं । सहकारी ठगी प्रकरणमा संसदीय छानबिनको माग गर्दै नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले काठमाडौंमा प्रदर्शन गरेको छ ।सहकारी पीडितको पक्षमा र सहकारी ठगीमा संग्लग्नहरूको विरुद्द बुधबार तरुण दलले वृहत् र्‍याली निकाल्याे ।

    प्रदर्शनकारीहरूले माइतीघरमा जम्मा भइ बानेश्वरसम्म र्‍याली गरेका थिए । सहकारी ठगीमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै कांग्रेसका भ्रातृ संगठनहरू सडकमा उत्रेका हुन् ।

    ‘सहकारी ठगीको प्रमाण यहाँ छ’ भन्ने ब्यानरसहित नेविसंघले बुधवार नै काठमाडौंमा प्रदर्शन गरेको हो । यस्तै मंगलबार नेपाल महिला संघले पनि सडक आन्दोलन गरेको थियो ।

    यता माउ पार्टी कांग्रेसले पनि संसदीय छानबिन समितिको माग गर्दै कांग्रेसले वैशाख २८ देखि संसद्मा अवरोध गर्दै आएको छ । सडक र संसद दुवैबाट सरकारमाथि दबाब सिर्जना गर्ने कांग्रेसले रणनीति देखिएको छ ।



    फास्ट न्युज    
  • २०८१ जेष्ठ २, बुधबार १७:०६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार