logo

२०८३ बैशाख २३ बुधबार

logo
  • २०८३ बैशाख २३ बुधबार
  • पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

    1KShares
    पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

    काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । ८३ वर्षीय ढुंगानाको उपचारका क्रममा आज दिउँसो २ बजे पुरानाे बानेश्वरमा रहेको फ्रन्टलाइन अस्पतालमा निधन भएको हो । एक महिनादेखि उहाँको कलेजोको उपचार चलिरहेको थियो ।

    वरिष्ठ अधिवक्तासमेत रहनुभएका ढुंगाना २०४८ सालदेखि २०५१ सम्म सभामुख हुनुहुन्थ्यो । उहाँलाई संविधानविद् तथा लोकतान्त्रिक राजनीतिका अभियन्ताका रूपमा चिनिन्छ । उहाँले २०४८ सालको आमचुनावमा काठमाण्डाै क्षेत्र नम्बर २ बाट जितेपछि सभामुख हुनुभएको थियो । २०४६ सालमा प्रजातन्त्र पुनर्स्थापनापछि बनेको संसदमा सभामुख बनेका ढुंगानाले पदको मर्यादा र गरिमाअनुसार काम गरेको चर्चा हुन्छ ।

    ढुंगाना २०७४ सालको आमचुनावमा भक्तपुर क्षेत्र नम्बर २ बाट कांग्रेसको उम्मेदवार भएर पराजित हुनुभएको थियो ।



    फास्ट न्युज    
  • २०८१ मंसिर २, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट