logo

२०८३ बैशाख ८ मंगलवार

logo
  • २०८३ बैशाख ८ मंगलवार
  • घुस रकमसहित वरिष्ठ वन अधिकृत यादव अख्तियारको नियन्त्रणमा

    1KShares
    घुस रकमसहित वरिष्ठ वन अधिकृत यादव अख्तियारको नियन्त्रणमा

    कञ्चनपुर, ५ साउन स् घुस लिएको रकमसहित डिभिजन वन कार्यालय धनगढी, कैलालीका वरिष्ठ वन अधिकृत पूर्णशङ्कर यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय कञ्चनपुरको टोलीले आज नियन्त्रणमा लिएको छ ।

    आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलद्वारा जारी विज्ञप्तिअनुसार चुरे गाउँपालिका–६ ग्वासी सामुदायिक वनको घाटगद्दी गरेको काठको बिमर्का र छोडपुर्जीका लागि सेवाग्राहीसँग यादवले घुस मागेको उजुरी अख्तियारको कार्यालयमा परेको थियो ।

    सोही उजुरीका आधारमा खटिएको अख्तियारको टोलीले रु सात लाख ३१ हजार घुस लिइसकेको अवस्थामा यादवलाई रकमसहित डिभिजन वन कार्यालय धनगढीबाट नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएका यादवमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।



    फास्ट न्युज    
  • २०८२ श्रावण ५, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट