काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले चाडपर्व र अन्य समयमा खाद्यन्नको अभाव नहुने बताएका छन् ।
सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकले चाडपर्वमा हुन सक्ने कालोबजारी र कृतिम अभावलाई रोक्दै अत्यावश्यक दैनिक खाद्य वस्तुहरूको सहज र सरल आपूर्तिको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको हो ।
त्यस्तै अस्वभाविक मूल्यबृद्धिलाई रोक्न मन्त्रालय र मातहतबाट हुने गरेको बजार अनुगमनलाई प्रभावकारी बनाउदै सुपथ मूल्य पसलहरुको विस्तार गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको समिति सभापति अव्दुल खानले जानकारी दिनुभयो ।
उनले भने, ‘चाडपर्वलाई विषेश लक्षित गरेर अहिलेको अत्यावश्यक र दैनिक खाद्य तथा उपभोग्य वस्तुहरुको अभाव हुने छैन् । मूल्य श्रृखंला यतिखेर जुन स्तरमा छ । खासगरी चालु आर्थिक वर्षको बजेटको आसपासमा छ । बजेट आइसकेपछि बजेटका दरमा करहरु सरकारले निर्धारण गर्छ । कर निर्धारण भइसकेपछि त्यसको केही असर बजारमा जान्छ नै त्यसले गर्दा थोरै मूल्य त्यसको दबाबमा पर्नु स्वभाविक हो ।’
मन्त्री भण्डारीले अनुगमनका क्रममा यसअघि देखिएका जटिलता र त्रुटीहरुलाई हल गर्दै यसलाई प्रभावकारी बनाइने बताउनुभयो ।
बैठकमा समिति सदस्य लगाएत उपभोक्ता हितका क्षेत्रमा कार्यरत संघ÷संस्थाका प्रतिनिधिहरुले चाडपर्वमा समयमा कालोबजारी र कृतिम अभाव निकै बढ्ने गरेको भन्दै समयमा नै यसको नियन्त्रण गरि कृतिम महङ्गीलाई रोक्नुपर्ने सुझाव दिएका थिए ।
© 2024: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd