logo

२०८२ कार्तिक २६ मंगलबार

logo
  • २०८२ कार्तिक २६
  • मर्स्याङ्दी बस दुर्घटना अपडेट : १५ यात्रु अचेत

    805Shares
    मर्स्याङ्दी बस दुर्घटना अपडेट : १५ यात्रु अचेत

    काठमाडौं । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी नजिकै भारतीय नम्बर प्लेटको बस मर्स्याङ्दी नदीमा बस खसेको छ । आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐना पहराबाट यात्रुबाहक बस  साढे ११ बजेतिर मर्स्याङ्दी नदीमा खसेको हो ।

    तीमध्ये १४ जना अचेतावस्थामा रहेको तनहुँ प्रहरीले जनाएको छ । १५ जना होसमा रहेको बताइएको छ । बसमा ४१ यात्रु सवार थिए । बाँकी यात्रुको खोजीकार्य जारी छ।

    आज बिहान पोखराबाट काठमाडौं आउँदै गरेको भारतीय नम्बर प्लेटको यूपी ५३ एफटी ७६२३ नम्बरको यात्रुवाहक बस आँबुखैरेनी ऐनापहारा भन्ने ठाउँबाट मर्स्याङदी खसेको हो ।

    जिल्ला प्रहरी कार्यालय तनहुँका उक्त बसमा कम्तिमा ४० यात्रु रहेको प्रारम्भिक अनुमान गरेको छ ।

    यसअघि असार २८ गते त्रिशूली नदीमा २ वटा यात्रुवाहक बस खस्दा भारतीयसहित ३० भन्दा बढी यात्रु बेपत्ता छन् ।



    फास्ट न्युज    
  • २०८१ भाद्र ७, शुक्रबार ०८:२३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार